बिहिबार, ०८ माघ २०८२

एमालेमा अब वरिष्ठ उपाध्यक्ष नरहने


काठमाडौं ।  नेकपा (एमाले) मा अब वरिष्ठ उपाध्यक्ष नरहने भएकाे छ । आइतबार बिहान बसेकाे केन्द्रीय कमिटी बैठकले साे निर्णय गरेकाे हाे । 

महाधिवेशनकाे बन्दसत्र सुरु हुनु अघि बसेकाे बैठकले पार्टीको वरिष्ठ उपाध्यक्ष पद हटाउने निर्णय गरेको छ। बैकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टी प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले संशोधित विधानअनुसार अबको केन्द्रीय कमिटी संरचनाबारे जानकारी दिए। उनका अनुसार अब अध्यक्ष १ जना, उपाध्यक्ष ५ , महासचिव १, उपमहासचिव ३ र सचिव ९ जनासहित ३ सय १ सदस्यीय केन्द्रीय कमिटी गठन हुनेछ।

गौतमले केन्द्रीय कमिटीअन्तर्गत स्थायी कमिटी ३३ सदस्यीय र पोलिटब्युरो ९९ सदस्यीय रहने जानकारी दिए। उनका अनुसार यसपटक पार्टीको मूल संरचना र पदाधिकारीको सङ्ख्या पुनःसमायोजन गरिएको छ ।

 तीन महिनाअघि ललितपुरको गोदावरीमा सम्पन्न विधान महाधिवेशनले १ अध्यक्ष, ३ उपाध्यक्ष, १ महासचिव, ३ उपमहासचिव र ७ सचिवसहित १५ पदाधिकारी रहने व्यवस्था गरेको थियो। त्यति बेला २ सय ५१ सदस्यीय केन्द्रीय कमिटी संरचना कायम गरिएको थियो। तर, टिम मिलाउन सकस परेपछि अध्यक्ष केपी शर्मा ओलीकै पहलमा बैठकले पदाधिकारी बढाउने निर्णय गरेकाे छ ।

 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ