- असार ०६, २०८०
महेन्द्रनगर (धनुषा) । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गृहमन्त्रीको राजीनामा माग गर्नु तर्कहीन रहेको बताएका छन् ।
कांग्रेसका स्व नेता ठाकुरप्रसाद ढुङ्गानाको ६२औँ स्मृतिसभा, सालिक अनावरण र उहाँका बारेमा लेखिएको पुस्तक विमोचन कार्यक्रमका लागि महेन्द्रनगर पुगेका देउवाले प्रतिपक्षी दललाई संसद् अवरोध नगर्न आग्रह गरे । भिजिट भिसा प्रकरणमा जाेडिएकाे भन्दै प्रमुख प्रतिपक्षी माओवादीलागयतका दलले गृहमन्त्री रमेश लेखकले राजीनामा दिनु पर्ने माग राख्दै आएका छन् ।
पूर्वराजा समर्थकले प्रदर्शन पनि अर्थहिन रहेको देउवाकाे भनाई थियाे ।
जनकपुरधाम विमानस्थलमा आयाेजित पत्रकार सम्मेलनमा सभापति देउवाले राजावादीको आन्दोलन तुहिसकेकाले प्रदर्शन गर्नु अर्थहिन रहेको टिप्पनी गरे ।
पूर्वराजा समर्थकले आन्दोलन गर्नु गणतन्त्र विरोधी गतिविधि भएकाले जनताको त्याग र सङ्घर्षबाट आएको गणतन्त्रविरुद्ध कार्य स्वीकार्य नहुने उहाँले उल्लेख गरे ।
टिप्पणीहरू: