बुधबार, ०१ जेठ २०८२

नेपालमा मोबाइल बैंकिङ प्रयोगकर्ता २ करोड ७० लाख


काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को चैत मसान्तसम्म नेपालमा मोबाइल बैंकिङ सेवा प्रयोगकर्ताको संख्या २ करोड ७० लाख नाघेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार देशभर २ करोड ७० लाख १२ हजार २ जना मोबाइल बैंकिङ सेवा प्रयोग गरिरहेका छन् ।

गत आर्थिक वर्षको अन्त्य असार मसान्तसम्म यो संख्या २ करोड ४६ लाख ४८ हजार ८४६ रहेको थियो । नौ महिनाको अवधिमा मोबाइल बैंकिङ प्रयोगकर्तामा ९.५८ प्रतिशत वृद्धि देखिएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।

मोबाइल बैंकिङ मार्फत कारोबार रकममा पनि उल्लेख्य वृद्धि भएको छ । चालु आर्थिक वर्षको चैत मसान्तसम्म मोबाइल बैंकिङ मार्फत ४ खर्ब ४० अर्ब ४५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । गत आर्थिक वर्षको अन्त्यसम्म यो कारोबार ३ खर्ब ७३ अर्ब ९७ करोड रुपैयाँ बराबरमा सीमित थियो ।

माेबाइल बै‌ंकिङ काराेबार गर्दा प्रति ट्रान्जेक्सन ११ रुपैयाँ ३० पैसा खर्च हुन्छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री नियुक्त भए लगत्तै अतिरिक्त शुल्कबारे चासाे दिएर समस्या समाधान गर्ने आश्वासन दिएका थिए । तर, अहिलेसम्म कुनै पहल गरेका छैनन् ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ