बिहिबार, ०८ माघ २०८२

शेरबहादुर देउवा नेतृत्वको कार्यसमिति नै आधिकारिक : शेखर काेइराला


काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले शेरबहादुर देउवा नेतृत्वको कार्यसमिति नै आधिकारिक कांग्रेस भएको दाबी गरेका छन् ।

निर्वाचन आयोगमा आधिकारिकता दाबी गर्दै कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँगै पुगेका नेता कोइरालाले विशेष महाधिवेशनको कार्यतालिका केन्द्रीय समितिले नै बनाउनुपर्ने बताए ।

विधानमा कुनै पदाधिकारीलाई विशेष अधिवेशन बोलाउन अधिकार नभएकाे उनकाे भनाई छ । उनले विशेष महाधिवेशनका लागि गरिएको हस्ताक्षर फिर्ता भएको निस्सा आफूहरूले प्रमाणको लागि लिएर आएको समेत दाबी गरे ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ