मङ्गलबार, ०३ असार २०८२

‘देशमा केही भएन र हुँदैन भन्ने भाष्य निर्माण गरी भ्रम छर्ने काम भयाे’


फाइल तस्बिर

काठमाडौँ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नागरिकमा छरिएका भ्रमहरु चिर्न आग्रह गरेका छन्।

देशमा केही भएन र हुँदैन भन्ने भाष्य निर्माण गरी भ्रम छर्ने काम भइरहेकाले त्यस्ता तत्वलाई परास्त गर्न जरुरी रहेको उनले बताए।

मन्त्री दाहालसँग भेट गर्न आएका अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्याथी युनियन (अनेरास्ववियु)को नेतृत्वलाई मन्त्री दाहालले सो आग्रह गरेका हुन्।

हालै झापामा सम्पन्न अनेरास्ववियुको २४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य तथा पदाधिकारीहरुको टोलीले मन्त्री दाहालसँग भेट गरेको हो।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का पोलिटब्यूरो सदस्यसमेत रहनुभएका मन्त्री दाहालले नेपालको शैक्षिक आन्दोलनमा अग्रणी भूमिका निर्वाह गरेको सङ्गठनले गुणस्तरीय, जीवन उपयोगी र व्यावहारिक शिक्षाका लागि नेतृत्व लिने विश्वास व्यक्त गरे।

अखिलको महाधिवेशनबाट नीति, योजना तथा अनुसन्धान आयोगको अध्यक्षमा निर्वाचित प्रकाश विष्टसहित केन्द्रीय सदस्य एवम् सचिवालय सदस्यमा निर्वाचितहरुले मन्त्री दाहालसँग भेट गरेका हुन्।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ