- असार ०६, २०८०
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले जेनजी आन्दोलन छानबिन गर्न बनेको जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गरेका छन् ।
मंगलबार पार्टी केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्ने क्रममा उनले उक्त प्रतिवेदन कार्यन्वयन पनि हुनुपर्ने बताए ।
उनले बिना पूर्वाग्रह प्रतिवेदन कार्यान्वयन गर्ने कुरा अघि बढोस् भन्ने विषयमा आफ्नो पार्टी स्पष्ट अडान राखेको जानकारी दिए ।
विषेश महाधिवेशन मार्फत सभापति चुनिएका थापाले निर्वाचनमा चित्त बुझ्दाे परिणाम कांग्रेसकाे पक्षमा नआएकाे भन्दै राजीनामा दिएका थिए । केन्द्रीय समिति बैठकले उनकाे राजीनामा स्वीकृत नगर्ने निर्णय गरेकाे छ ।
पूर्वसभापति शेरबहादुर देउवा समुहले सर्वाेच्च अदालतमा विषेश महाधिवेशनका विरुद्ध मुद्दा दायर गरेकाे छ ।
टिप्पणीहरू: