बिहिबार, ०६ कात्तिक २०८२

प्रधानमन्त्रीले आज साँझ राष्ट्रका नाममा सम्बोधन गर्ने


काठमाडाैं ।   प्रधानमन्त्री सुशीला कार्कीले आज साँझ राष्ट्रका नाममा सम्बोधन गर्ने भएकी छन्।

जेनजी विद्रोहपछि गठित अन्तरिम सरकारका तर्फबाट प्रधानमन्त्री कार्कीले बिहीबार साँझ ६ बजे राष्ट्रका नाममा सम्बोधन गर्न लागेकी हुन्।

उनले सम्बाेधनका क्रममा सरकारका प्राथमिकता र वाचाहरु सार्वजनिक गर्ने अपेक्षा गरिएकाे छ। गृहमन्त्री ओमप्रकाश अर्यालको नेतृत्वमा यसको तयारी भइरहेको छ। मुख्यसचिवसहित केही सचिवहरू पनि यसमा संलग्न छन्।

 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ