बुधबार, ०४ असार २०८२

सुनको भाउ निरन्तर बढ्दो, कतिमा हुँदैछ कारोबार ?


काठमाडौँ। गत जेठ २७ गतेदेखि अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर बढिरहेको छ।

आज बजार खुल्दा मङ्गलबारको तुलनामा सुन तोलामा रु ९०० र चाँदी रु ६५ ले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मोल रु एक लाख ९५ हजार ५०० कायम भएको छ भने एक तोला चाँदी रु दुई हजार २२५ मा कारोबार भइरहेको छ।

अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन तीन हजार ३९३ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ