शुक्रबार, २३ असोज २०८३

सुन तोलामा दुई हजार नाै सयले बढ्याे


काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा रु दुई हजार ९०० र चाँदी रु १५ ले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु दुई लाख ९५ हजार ७०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ४०५ कायम भएको छ ।  

बिहीबार एक तोला छापावाल सुन रु दुई लाख ९२ हजार ८०० र असली चाँदी रु चार हजार ३९० मा किनबेच भएको थियो । 
 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ