सोमबार, ०७ मंसिर २०८३

सुन एकै दिन प्रतितोला १२ हजार २०० ले घट्याे


काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन प्रतितोला रु १२ हजार २०० र चाँदीको मूल्य प्रतितोला रु २२५ ले घटेको छ ।

 नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला रु दुई लाख ४५ हजार ४०० र चाँदीको मूल्य रु तीन हजार ११० कायम छ । 

बिहीबार छापावाल सुन प्रतितोला रु दुई लाख ५७ हजार ६०० र चाँदीको मूल्य रु तीन हजार ३३५ कायम  थियो ।
 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ