बिहिबार, १९ चैत २०८२

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?


काठमाडौँ। स्थानीय बजारमा आज सुनचाँदीको मूल्य केही घटेको छ। सुन तोलामा रु तीन हजार ६०० र चाँदी रु १६५ ले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ९४ हजार र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ७८० कायम भएको छ।

हिजो बुधबार छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ९७ हजार ६०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ९४५ कायम भएको थियो।

गत मङ्गलबार छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ९० हजार २०० र त्यति नै परिमाणको चाँदीको मूल्य रु चार हजार ८४५ कायम भएको थियो।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार २०० र त्यति नै परिमाणको चाँदी ८५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ