शुक्रबार, ०६ असार २०८२

घट्यो सुनचाँदीकाे मूल्य, ताेलामा कति ?


काठमाडौँ। विगत केही दिनदेखि उच्च वृद्धि भएको सुनचाँदीको मूल्यमा बिहीबारदेखि सामान्य गिरावट आएको छ।

बुधबारको तुलनामा बिहीबार सुन तोलामा रु ४०० र चाँदीमा रु २५ ले घटेकामा त्यति नै परिमाणको सुन र चाँदी आज क्रमशः रु ८०० र रु ५० ले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मोल रु एक लाख ९४ हाजर ७०० सोही परिमाणको चाँदीको मोल रु दुई हजार १५० निर्धारण भएको छ।

बिहीबार प्रतितोला सुन रु एक लाख ९५ हजार ५०० र चाँदी रु दुई हजार २०० मा कारोबार भएको थियो।

अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन तीन हजार ३०० अमेरिकी डलरमा खरिदबिक्री भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ