- असार ०६, २०८०
काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले बढेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक दुई दशमलव २६ अङ्कले बढेर दुई हजार ६२३ दशमलव ५६ मा पुगेको छ ।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ५१ अङ्कले बढेर ४७८ दशमलव ५२ मा पुगेको छ । त्यस्तै फ्लोट सूचक शून्य दशमलव २६ अङ्कले बढेर १८२ दशमलव ६३ मा पुगेको छ । त्यस्तै सेन्सेटिभ फ्लोट सूचक शून्य दशमलव ४१ अङ्कले बढेर १६२ दशमलव ४२ मा पुगेको छ ।
आज विभिन्न कम्पनीका एक करोड ८ लाख २६ हजार ९१३ कित्ता सेयर रु तीन अर्ब ८२ करोड ७६ लाख छ हजार ५९० मूल्यमा खरिद बिक्री भएको छ । विभिन्न १३ उपसमूहमध्ये चार उपसमूह बढ्यो भने नौ उपसमूह घट्यो । आज १०५ कम्पनीको सेयर बढेको छ भने १६५ कम्पनीको सेयर घट्यो । त्यस्तै १० कम्पनीको सेयरस्थिर रहेको पाइएको छ ।
नेप्सेका अनुसार मेन्छियाम हाइड्रोपावर, माउन्टेन हाइड्रोपावर, भूगोल हाइड्रोपावर तथा भिजन लुम्बिनी ऊर्जा कम्पनी, सिटिजन सुपर ३० म्युचुअल फण्ड र स्वस्तिक लघुवित्त लगायतका कम्पनीका लगानीकर्ताले आफनो लगानीको केही अँश गुमाए ।
टिप्पणीहरू: