सोमबार, ०१ भदौ २०८३

आजबाट सरकारले ग्यास नबाँड्ने, डिपाेबाटै पाइने


काठमाडौँ । नेपाल आयल निगमले आजदेखि सम्बन्धित ग्यास उद्योगले नियुक्त गरेका विक्रेताबाट नियमित प्रक्रियाअनुसार ग्यास बिक्रीवितरण गर्ने भएकाे छ । आफूलाई पायक पर्ने ग्यास विक्रेताकहाँ सम्पर्क गरी खरिद गर्न उपभोक्तालाई आग्रह गरेको छ ।

ग्यास अभाव भएपछि सरकार आफैँले ग्यास बाँडे पनि वितरण प्रकृया सहज नभएपछि सरकारले नबाँड्ने निर्णय गरेकाे हाे ।

पछिल्लो चार महिना आधा सिलिन्डर ग्यास बिक्री वितरणको व्यवस्था मिलाइएकामा गत असार ३१ देखि १४.२ किलो बराबरको ग्यास उपलब्ध गराउन थालिएपछि बजारमा एकाएक ग्यासको अभाव देखिएको छ । 

नेपाल आयल निगम र जिल्ला प्रशासन कार्यालयको समन्वयमा शनिबार र आइतबार काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अतिआवश्यक उपभोक्ताका लागि १६ हजार ३०० बढी सिलिन्डर ग्यास बिक्री वितरण गरिएको छ ।

विक्रेताबाट सहजै ग्यास नपाइएको गुनासो बढेपछि निगमले काठमाडौँ र भक्तपुरका १० स्थानबाट विभिन्न कम्पनीको ग्यास बिक्री वितरण गर्ने व्यवस्था मिलाइएको थियो । शनिबार काठमाडौँको टेकु, बबरमहल, चाबहिल, कीर्तिपुर र वसुन्धारामा ग्यास बिक्री वितरण गरेको हो । तर, ति स्थानमा पनि उपभाेक्ताले सहज पाउन सकेनन् ।

एकातीर ग्यास वितरण असहज, अर्काेतीर केही मन्त्रीहरु छापामार स्टन्टमा रमाउन थालेपछि सरकारकाे आलाेचना सुरु भएकाे छ ।

 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ