- असार ०६, २०८०
काठमाडौं । लोकतन्त्र दिवसको अवसरमा आज काठमाडौंका भृकुटीमण्डप गुञ्जायमान भएको छ ।
नेकपा एमालेले जनताले जितेको दिनको अवसरमा आयोजन गरेको यूथ सेलिब्रेसन कार्यक्रम सहभागी हुन देशभरका युवाहरू लोकतन्त्र जिन्दावादको नारा लगाउँदै भृकुटीमण्डपमा जम्मा हुने क्रम जारी छ ।
आजको कार्यक्रममा भृकुटीमण्डपमा विभिन्न कन्सर्ट, साङ्गीतिक कार्यक्रम, झाँकी तथा नृत्य लगायत प्रस्तुत हुँदै छन् । विभिन्न ब्याण्ड र कलाकारले आफ्नो प्रस्तुति दिने छन् ।
कार्यक्रमस्थलमा कलाकारहरू उपस्थित भएर कार्यक्रम स्थललाई गुञ्जायमान बनाउन सुरु गरेका छन् । आजको कार्यक्रम अन्य कार्यक्रम भन्दा फरक हुने कार्यक्रमको समन्वय र सहजीकरण गरिरहनु भएका नेकपा एमाले संगठन विभाग सचिव माधव ढुङ्गेलले जानकारी दिए।
कार्यक्रममा १ लाख युवा सहभागी हुने राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेवेकाे दाबी छ । कार्यक्रमलाई एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली, महासचिव शंकर पोखरेल र विभिन्न उमेर समूहका युवा नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
महोत्सवलाई एमालेबाट निर्वाचित प्रतिनिधि सभा सदस्य सुहाङ नेम्वाङ, काठमाडौं महानगरपालिका उपप्रमुख सुनिता डङ्गोलका साथै युवा र विद्यार्थी नेताले सम्बोधन गर्नेछन् ।
कार्यक्रममा भाषणभन्दा बढी विभिन्न कन्सर्ट, झाँकी, नृत्य र गीतहरू प्रस्तुत हुने कार्यक्रमको समन्वय र सहजीकरण गरिरहनु भएका ढुङ्गेलले जानकारी दिए ।
टिप्पणीहरू: