शुक्रबार, ०५ वैशाख २०८२

ठगी आराेपमा मुछिएपछि स्वकीय सचिव हटाए लेखा समिति सभापति पाेखरेलले


 काठमाडाैं, १९ पुस । सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले ठगी प्रकरणमा मुछिएका अनिल कुमार पोखरेललाई आफ्नो स्वकीय सचिवको जिम्मेबारीबाट हटाएका छन्।

सभापति पोखरेलले शुक्रबार विज्ञप्ति जारी गरी अनिलविरुद्ध उच्च अदालत मोरङबाट पक्राउ पुर्जी जारी भएको खबरप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउँदै उनलाई स्वकीय सचिवबाट हटाइएको जानकारी दिएका हुन्। 

अनुसन्धानमा सहयोग पुगोस् भनेर अनिललाई स्वकीय सचिव पदबाट निष्कासन गरिएको सभापति पोखरेलले विज्ञप्तिमार्फत जनाएका छन्। 

एमाले मोरङ जिल्ला कमिटी सदस्यसमेत रहेका अनिल २०७९ सालको निर्वाचनमा प्रदेशसभा सदस्य उम्मेदवारका लागि सिफारिसमा परेका थिए। एमबीबीएसको प्रवेश परीक्षामा नाम निकालिदिने भन्दै अनिलले सप्तरीका बौआलाल चौधरीबाट ३८ लाख रुपैयाँ लिएको आरोप छ ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ