- असार ०६, २०८०
काठमाडौं । ११ औं महाधिवेशनको आन्तरिक तयारीमा जुटेकाे नेकपा एमालेमा अहिले उम्मेदवारहरुको रस्साकस्सी सुरु भएको छ ।
फेरि अध्यक्षमा दोहोरिने चाहना राखेका अध्यक्ष केपी शर्मा ओलीले बरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलसँग प्रतिस्पर्धा गर्नुपर्ने भएको छ । आफुबाहेक अन्य पदमा आफुले चाहेका व्यक्तिलाई टिममा मिलाउन नसक्दा अहिले ओली गुट तनावमा छ ।
ओलीले आफु अध्यक्ष र पृथ्वी सुब्बा गुरुङलाई महासचिव बनाउने आश्वासन दिएका छन् । आफ्ना लागि अन्धभक्त समर्थन गर्ने शंकर पोखरेल र प्रदिप ज्ञवालीलाई जसरी पनि सेटल गर्न चाहन्छन् । आफु अध्यक्षमै दाहोरिँदा पोखरेललाई महासचिव दोहो-याउन चाहन्थे ओली तर, सुब्बाका कारण तनावमा छन् ।
अहिलेसम्म ओली गुटमा रहेका सुब्बालाई यदि महासचिव नपाएमा पोखरेल समुहले महासचिव बनाउने सम्भावना छ । सुब्बा पोखरेल समुहतीर लाग्दा उता पल्लाभारी हुने सम्भावना भएकाले पनि ओली सकेसम्म आफ्नै टिममा राख्न चाहन्छन् । सुब्बालाई महासचिव बनाउदा शंकरलाई उपाध्यक्ष बनाउन सकिने भए पनि ज्ञवालीलाई कुन पद दिने भन्ने अन्यौल छ ।
सुब्बाकै प्रतिक्षामा बसेरको इश्वर पोखरेल समुहले उपाध्यक्षमा सुरेन्द्र पाण्डे र महासचिवमा पृथ्वी सुब्बालाई उठाउने योजना बनाएको छ । यदि सुब्बा ओली समुहबाटै महासचिव भए भने योगेश भट्टराई वा गोकर्ण विष्ट मध्ये एक जना महासचिवको उम्मेदवार हुने छन् । ओली अध्यक्ष नै हुँदा शंकर पोखरेल फेरि महासचिवमा दोहोरिने वा प्रदिप ज्ञवालीले महासचिव दावी गर्दा सुब्बा आफ्नो समुहमै आउन सक्ने भन्दै पोखरेल समुहले सम्भावित महासचिवको सुचीमा सुब्बाकै नाम अघि सारेको छ । एमालेको महाधिवेशन आगामी २७ देखि २९ मंसिरमा काठमाडौंमा हुने भएको छ ।
टिप्पणीहरू: