मङ्गलबार, १० असार २०८२

टेक एन्ड पे’को व्यवस्था फिर्ता लियाैं : अर्थमन्त्री


काठमाडाैं ।   अर्थमन्त्री विष्णु पौडेलले बजेटमा राखिएको ‘टेक एन्ड पे’को व्यवस्था फिर्ता लिएको बताएका छन्।

मंगलबार संसद्‍मा सम्बोधन गर्दै अर्थमन्त्री पाैडेलले वित्तीय जोखिम मूल्यांकनको आधारमा विद्युत् खरिदबिक्री गर्ने बताएका हुन्। 

‘वित्तीय जोखिम मूल्यांकनको आधारमा ऊर्जा खपत तथा निर्यात हुने एकीन भएका र नेपाल विद्युत् प्राधिकरणले दायित्व भुक्तानी गर्नसक्ने सुनिश्चितता भएका आयोजनाको विद्युत् खरिद सम्झौता गर्न सकिनेछ’, अर्थमन्त्री पौडेलले भने, ‘ऊर्जा विकासमा सरकारको मात्रै लगानी पुग्दैन। निजी क्षेत्रको भूमिकालाई प्रभावकारी बनाउन चाहेका छौँ।’

अर्थमन्त्री पौडेलले बुँदा नम्बर २२७ को आशय उत्पादित विद्युत् खेर नजाओस्, उच्च प्रतिफल दिने आयोजना अगाडि बढाऊँ, हिउँदको समयमा समेत विद्युत् आपूर्ति सहज बनाऔँ भनेर ल्याएको बताए।

टेक एण्ड पेकाे विषयमा सत्तारुढ कांग्रेसका सा‌ंसदले चर्काे विराेध गरेका थिए ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ