- असार ०६, २०८०
काठमाडौं । राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई थुनामुक्त गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।
मिश्रको बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै शुक्रबार सर्वोच्चले सो आदेश दिएको हो । यससँगै मिश्र हिरासत मुक्त हुने भएका छन् ।
न्यायाधीशद्वय तीलप्रसाद श्रेष्ठ र कुमार चुडालको संयुक्त इजलासमा बन्दी प्रत्यक्षीकरण मुद्दाको सुनुवाइ भएको थियो ।
टिप्पणीहरू: