- असार ०६, २०८०
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीलाई शेयर बजारले भब्य स्वागत गरेकाे छ । बालेन प्रधानमन्त्री बन्ने सम्भावना बढेसँगै शेयर बजारमा हरियाली छाएकाे हाे ।
याे समाचार तयार पार्दासम्म सेयर बजारमा दोस्रो सर्किट ब्रेक लागेको छ ।
पहिलो सर्किट ब्रेक लागेर २० मिनेटपछि खुलेको सेयर बजारमा दोस्रो सर्किट ब्रेक लागेको हो । पहिलो सर्किट ब्रेकपछि थप १ प्रतिशत अर्थात् समग्रमा ५ प्रतिशतले बजार बढेपछि दोस्रो सर्किट ब्रेक लागेर कारोबार स्थगित भएको छ । अब ४० मिनेटपछि मात्रै कारोबार खुल्ने छ ।
दोस्रो सर्किट ब्रेकपछि नेप्से परिसूचक २८४८ अंकमा पुगेको छ । यो बेलासम्म बजार १३५ अंक बढेको हो । त्यस्तै २८ करोड ५१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
टिप्पणीहरू: