शुक्रबार, ०२ साउन २०८२

शेयर बजारमा उछाल, ७५ अंकले बढ्याे नेप्से


काठमाडाैं । आर्थिक वर्षको पहिलो दिन  शेयर बजारमा उछाल आएको छ । आर्थिक वर्षको पहिलो कारोबार दिन तथा साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से सूचक ७५.८४ अंकले बढेर २८ सय ७० बिन्दुमा पुगेको छ । 

आज ३ सय ११ कम्पनीको १ लाख ४१ हजार कित्ता शेयर खरिद बिक्री हुँदा १६ अर्ब ५९ करोडको कारोबार भएको छ ।

बिहीबार कारोबार भएका कम्पनीमध्ये २२९ कम्पनीको शेयर बढेको छ भने ९ वटा कम्पनीको शेयर मूल्य घटेको छ । 

आजैदेखि कारोबार सुरु भएको ट्रेड टावर कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै शुभम् पावर, थ्रिस्टार हाइड्रोपावरका शेयर लगानीकर्ताले ९.९९ प्रतिशतले कमाएका छन् । 

कारोबार रकमका हिसाबले नेपाल रि इन्स्योरेन्स कम्पनीको ८४ करोड ४२ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ ।

 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ