शनिबार, ३१ जेठ २०८२

माधव नेपालको सांसद पद निलम्बनबारे सभामुखले गराए संसद्लाई जानकारी


काठमाडाैँ। पूर्वप्रधानमन्त्री एवम् नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालको सांसद पद निलम्बनबारे संसद्लाई जानकारी गराइएकाे छ।  

प्रतिनिधिसभाकाे शुक्रबारकाे बैठकमा सभामुख देवराज घिमिरेले अध्यक्ष नेपालको पद निलम्बनको सूचना पढेर सुनाएका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको सुनाउँदै सभामुखले स्वतः निलम्बनको कानुनी प्रवधानबारे संसद्लाई जानकारी गराएका हुन्।

उनी सङ्घीय संसद्अन्तर्गत रौतहटको प्रतिनिधिसभा क्षेत्र नं १ बाट निर्वाचित सांसद हुन्।

पतन्जलीको जग्गा प्रकरणमा यही जेठ २२ गते अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेसँगै नेपालको सांसद पद स्वतः निलम्बनमा परेकाे थियाे।

काभ्रेपलाञ्चोकको नासिकास्थान साँगा, महेन्द्रज्योतिमा कम्पनी सञ्चालनको लागि हदबन्दीभन्दा बढी जग्गा खरिद गरेको तथा उक्त जग्गा कम मूल्यमा किनेर बढी मूल्यमा बेचबिखन गरेको अभियोगमा अख्तियारले पूर्वप्रधानमन्त्री नेपालसहित ९३ जनाविरुद्ध मुद्दा दायर गरेकाे थियाे। 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ