- भदौ ०२, २०८१
साेल । दक्षिण कोरियाको सर्वोच्च अदालतले महाभियोग लागेका राष्ट्रपति युन सुक योलको महाभियोगलाई सर्वसम्मतिले सदर गरेको छ। यससँगै उहाँ राष्ट्रपति पदबाट औपचारिक रूपमा अपदस्थ भएका छन् ।
गत डिसेम्बरमा घोषणा गरेको ‘मार्शल ल’ छोटो समय कार्यान्वयनमा आएको भएपनि यसले दक्षिण कोरियामा राजनीतिक उथलपुथल निम्त्याएको थियो ।
उनले ‘मार्शल ल’ लागू गरिएको घोषणा गरे लगत्तै सडक र संसद् दुबैमा उहाँविरूद्ध आवाज उठेको थियो ।
उनको कदमको विरोध गर्न हजारौँ मानिसहरू संसद् भवन बाहिर भेला भए। सांसदहरू उक्त घोषणालाई निष्क्रिय बनाउन आपत्कालीन मतदानका लागि संसद्मा उपस्थित भई मार्शल ल लगाउने राष्ट्रपतिको कदमको विपक्षमा मतदान भयो र अन्त्यमा यूनको कदम पराजित भयो।
केही घण्टाभित्रै उनले मतदानबाट भएको संसद्को निर्णय स्वीकार गर्दै ‘मार्शल ल’ फिर्ता लिएका थिए ।
यद्यपि, राष्ट्रपतिले आफ्नो कदम फिर्ता लिएको घोषणा पछि संसद्ले राष्ट्रपतिविरुद्ध महाभियोग अघि बढायो र प्रस्ताव पास भयो ।
महाभियोग सदर भएपछि अब त्यहाँ ६० दिनमा चुनाव हुनुपर्ने कानुनी व्यवस्था छ । युनमाथि राजद्रोहको छुट्टै आरोप पनि लागेको छ जसबारे छुट्टै सुनुवाइ हुने छ ।
युनलाई डिसेम्बर ३ मा संसद्मा सशस्त्र सैनिक तैनाथ गरिएको नागरिक शासनलाई ध्वस्त पार्ने प्रयास गरेको भन्दै सांसदहरूले निलम्बित गरेका थिए। उनलाई विद्रोहको अभियोगमा छुट्टै फौजदारी मुद्दाको एक भागको रूपमा पनि गिरफ्तार गरिएको थियो।
लाखौं कोरियाली नागरिकले संवैधानिक अदालतले आफ्नो फैसला टेलिभिजनमा प्रत्यक्ष प्रसारण गरेको देखेका थिए ।
टिप्पणीहरू: