आइतबार, ११ साउन २०८२

हरिद्वारको मनसा देवी मन्दिरमा भागदाैड हुँदा छ जनाकाे मृत्यु


काठमाडाैं ।  हिन्दू धर्माबलम्बीहरूको पवित्रस्थल हरिद्वारमा भागदौड मच्चिँदा कम्तीमा ६ जनाको मृत्यु भएको छ ।

भारतको उत्तराखण्ड राज्यस्थित हरिद्वारको मनसा देवी मन्दिरमा आइतबार भएको घटनाको मुख्यमन्त्री पुष्करसिंह धामीले पुष्टि गरेका छन् ।

उत्तराखण्ड एसडीआरएफ, स्थानिय प्रहरीलगायत घटनास्थल पुगेरका उद्धार कार्यमा जुटेका छन् ।

भागदौडको विस्तृत विवरण आइनसकेको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ