- असार ०६, २०८०
काठमाडौँ । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसमा अन्तरघात हुने संकेत देखिएकाे छ ।
कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा उपचारकाे बहानामा सुटुक्क सिंगापुर उडेपछि अन्तरघातकाे संकेत देखिएकाे हाे ।
चुनाव आउन अब एक साता मात्र बाँकी रहेका छ । देउवाले अहिलेसम्म पार्टीका पक्षमा कुनै अभिव्यक्ति दिएका छैनन् ।
विषेश महाधिवेशनले गगन थापालाई सभापति चयन गरेपछि उनी रुष्ट हुँदै आएका छन् ।
सुरक्षा उच्च स्रोतका अनुसार उनी राति पौने १२ बजे आफ्ना सहयोगी भानु देउवासहित त्यसतर्फ लागेका हुन्।
देउवा निकट स्रोतले उनी स्वास्थ्य उपचारका लागि सिंगापुर गएकाे दाबी गरेको छ।
यसअघि गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा आन्दोलनकारीको आक्रमणमा परी घाइते भएका देउवा उपचारका लागि सिंगापुर गएका थिए।
टिप्पणीहरू: