- असार ०६, २०८०
काठमाडौँ। सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीकाे बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाउ आदेश जारी गरेको छ।
साेमबार सर्वोच्चका न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले ओलीलाई पक्राउ गर्नुको कारण पेस गर्न सरकारका नाममा आदेश जारी गरेकाे हो।
गैरकानुनी पक्राउ गरी थुनामा राखिएको भन्दै ओलीकी श्रीमती राधिका शाक्यले आइतबार सर्वोच्चमा रिट दायर गरेकी थिइन्।
गत भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनको छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वको आयोगले दिएको सिफारिस कार्यान्वयनका लागि ओलीलाई शनिबार बिहान पक्राउ गरिएको थियाे।
टिप्पणीहरू: