शनिबार, २४ जेठ २०८२

गृहमन्त्रीलाई राजीनामा दिन शेखर काेइरालाकाे सुझाव


काठमाडाै‌ं ।  नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गृहमन्त्री रमेश लेखकलाई  राजीनामा दिन आग्रह गरेका छन्।

शनिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै कोइरालाले अध्यागमन विभागमा भएको भ्रष्टाचारका विषयमा कुरा उठिसकेपछि राजीनामा दिएर छानबिनका लागि मार्गप्रशस्त गर्न गृहमन्त्री लेखकलाई सुझाव दिएका हुन्।

 विगतमा पनि केही मन्त्रीले अभियाेग लागेपछि राजीनामा दिएर छानबिनमा सघाएको स्मरण पनि गृहमन्त्री लेखकलाई गराए।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकको समेत संलग्नता रहेको आरोप लागेको छ। 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ