शुक्रबार, १६ माघ २०८२

शंकर पोखरेल ‘रेड जोन’ मा


काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयन प्रकृया थप पेचिलो बन्दै गएको छ । अध्यक्षका प्रत्याशी केपी शर्मा ओली र इश्वर पोखरेलले प्यानलै बनाएर प्रतिस्पर्धामा उत्रिएपछि थप पेचिलो भएको हो । 

बहुमत प्रतिनिधी ल्याएको दावी गर्दै आएका ओली समुहमा उम्मेदवार मिलाउन नसक्दा समस्या उत्पन्न भएको छ । उम्मेदवार मिलाउन नसक्नुको असर महासचिवका उम्मेदवार शंकर पोखरेलमा पर्ने भएको छ । ‘शंकर पोखरेल रेड जोनमा हुनुहुन्छ ।’ एक प्रतिनिधीले भने ।

महासचिवका आकंक्षी प्रदिप ज्ञवालीले गरेको मौन विद्रोहको असर परिणामा देखिने भयो भन्दै ओली पक्षिय प्रतिनिधीहरु अहिले गच्छे अनुसार मतदाता फकाउने अभियानमा छन् । 

हिजो महाधिवेशन हलबाट रुँदै निस्किएका ज्ञवालीले बिहानै आँशु पुछेर ओली समुहलाई भोट हालेर जिताउन अपिल गरिसकेका छन् । तर, उनले लेख्नका लागि लेखेको भन्नेहरु पनि त्यति नै छन् ।

शंकर पोखरेलसँगै इश्वर पोखरेल समुहबाट महासचिवमा सुरेन्द्र पाण्डेले प्रतिस्पर्धा गर्दैछन् । मृदुभाषी र स्पष्ट दृष्टिकोण भएका व्यक्ति मानिने पाण्डेलाई जिताउनु पर्छ भन्नेमा ओली पक्षिय प्रतिनिधी नै लागेका छन् । ‘अध्यक्षमा ओली र महासचिवमा पाण्डे हुँदा भोलीका दिनमा पार्टी बलियो हुन्छ ।’ पाण्डेलाई महासचिव जिताउदा दुबै समुहको प्रतिनिधित्व सुनिश्चित हुने भएकाले पनि ओली पक्षिय प्रतिनिधी समेत पाण्डेलाई मत दिने मनस्थितीमा छन् । 
 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ