सोमबार, १६ चैत २०८२

चीनमा गम्भीर मौसम चेतावनी जारी


बेइजिङ। चीनको मौसम विज्ञान विभागले सोमबार भारी वर्षा, चुनौतीपूर्ण मौसम र बाक्लो कुहिरोको चेतावनी जारी गर्दै आँधी बेहरीले देशको दक्षिणी क्षेत्रहरूमा असर गरिरहेको जनाएको छ।

मौसम पूर्वानुमानका अनुसार सोमबारदेखि मङ्गलबारसम्म, चीनका केही भागहरू, याङ्जी नदीको दक्षिणका क्षेत्रहरूमा असिनापानीसहित गम्भीर मौसमीको प्रकोपको सम्भावना रहेको छ।

विशेष गरी चीनको हुनान, जियाङ्सी, गुइझोउ र गुआङडोङका केही भागका विभिन्न स्थानहरूमा आँधी–बेहरी आउन सक्ने पूर्वानुमान गरिएको छ।

दक्षिण चीनको गुआङ्सी, गुआङ्डोङ, दक्षिणी हुनान, दक्षिणी जियाङ्सी, पश्चिमी फुजियान, दक्षिणी चोङ्खिङ र उत्तरी गुइझोउ जस्ता क्षेत्रहरूमा भारी वर्षा हुने पूर्वानुमान गरिएको छ।

यसैबीच सोमबार बाक्लो कुहिरोको कारण मध्य हुनान, उत्तर–मध्य जियाङसी, पूर्वी चीनको दक्षिणी झेजियाङ, उत्तर–मध्य फुजियान र उत्तरी गुआङसी प्रभावित छन्, भने केही स्थानहरूमा दृश्यता २०० मिटर भन्दा कम भएको जनाइएको छ।

बासिन्दाहरूलाई यातायात, कृषि र सवारी आवागमनमा मौसमी प्रभावको विरुद्ध सावधानी अपनाउन र आकस्मिक बाढी–पहिरो जन्य प्रकोपप्रति सतर्क रहन सल्लाह सझाव दिएको छ। 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ