मङ्गलबार, ०६ असोज २०८३

सेयर बजारमा सात अर्बकाे काराेबार


काठमाडौं ।  सेयर बजार ७.०६ अंक बढेको छ । यो वृद्धिपछि नेप्से परिसूचक २६५४ अंकमा कायम भएको छ । कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ६ अर्ब ७४ करोडको कारोबार भएकोमा आज ७ अर्ब ४ करोड भयो ।

आज अन्य समूहमा आकर्षण देखिएको छ । यो समूह सूचक सबैभन्दा धेरै १.३६ प्रतिशत बढ्यो । त्यस्तै बैंकिङ ०.३५, विकास बैंक ०.४३, होटल तथा पर्यटन ०.३१, लगानी ०.४८, जीवन बीमा ०.८२, माइक्रोफाइनान्स ०.४८ प्रतिशत बढे ।

फाइनान्स ०.५२, जलविद्युत् ०.१४, उत्पादन तथा प्रशोधन ०.२४, निर्जीवन बीमा ०.०२, व्यापार ०.९३ प्रतिशत घटे । आज १३७ कम्पनीको मूल्य बढ्दा १३१ को घटेको छ । ११ कम्पनीको स्थिर रह्यो ।

मिडसोलु हाइड्रोपावरको मूल्य १५, फर्स्ट माइक्रोफाइनान्सको ७.७५, मैलुङखोला जलविद्युतको मूल्य ५.६३, मान्डु हाइड्रोपावरको ५.४३ प्रतिशत मूल्य बढ्यो ।

स्नो रिभर्सको ८.२३, नारायणी डेभलपमेन्ट बैंकको ६.९६,ब बोटलर्स नेपाल बालाजुको ६.७५, इनिफिनिटी लघुवित्तको ५.६४ प्रतिशत मूल्य घट्यो ।

आज धेरै कारोबार भएका कम्पनीमा हाथवे इन्भेस्टमेन्ट कम्पनी, हिमालयन डिस्टिलरी, घलेम्दी हाइड्रोपावर, लिबर्टी इनर्जी, कुमारी बैंक, सानिमा मिडिल तमोर तथा लक्ष्मी सनराइज बैंक क्रमश अगाडि रहे । ग्लोबल आईएमई बैंक, लिबर्टी इनर्जी, सिद्धार्थ बैंक, सानिमा मिडिल तमोर, शिवम् सिमेन्ट क्रमशः अगाडि रहे ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ