सोमबार, ०८ पुस २०८१

सेयर बजारमा दोहोरो अंकको वृद्धि,२७ अंकले बढ्याे नेप्से


 काठमाण्डाै, १२ कार्तिक ।  सेयर बजारमा दोहोरो अंकको वृद्धि भएकाे छ । तीन दिन लगातार घटेको बजार चौथौ दिनमा २७.४१ अंकले बढेको हो । आज परिसूचक २६४५.३६ बिन्दुमा उक्लिएको छ । 

आज ३०७ कम्पनीको १ करोड ४ लाख १८ हजार कित्ता सेयर खरिदबिक्री भएको छ । जसले गर्दा कुल ५ अर्ब ३४ करोड ४८ लाख रुपैयाँको कारोबार भएको नेप्सले जनाएको छ । 

आज जानकी फाइनान्स र डोल्टी पावर कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै रिभर फल्स पावर र मेन्छिएम हाइड्रोपावरको मूल्य ९ प्रतिशतभन्दा बढीले उकालो लाग्यो ।

सोमबार कारोबार रकमका हिसाबले नेपाल फाइनान्स लिमिटेड शीर्ष स्थानमा रह्यो । यसको ३३ करोड ७९ लाख रुपैयाँको कारोबार भएको छ ।  आज कुल २१३ कम्पनीको मूल्य बढेको छ । २८ कम्पनीको घट्दा २ कम्पनीको मूल्य स्थिर रह्यो । 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ