शुक्रबार, २६ पुस २०८१

सर्वेन्द्र खनालद्वारा एमाले पार्टी छाडेकाे घाेषणा


काठमाडौं । नेपाल प्रहरीका पूर्वप्रमुख सर्वेन्द्र खनालले नेकपा एमाले छाडेको घोषणा गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै पार्टी छाडेकाे घाेषणा गरेका हुन् ‘हजुरहरुलाई मेरो राजनीतिक स्थितिबारे अन्यौलमा परेको महसुस गरेर म यसै माध्यमबाट स्पष्ट पार्न चाहन्छु कि म अहिले कुनै पनि राजनीतिक पार्टीसँग आबद्ध छैन ।’


आफू स्वतन्त्र रुपमा स्थानीय र राष्ट्रिय समस्या समाधानका लागि काम गरिरहेको उनले बताएका छन् । ‘राष्ट्रघाती दोषीहरुलाई कानूनी कठघरामा पुर्‍याउन र हाम्रो राष्ट्रलाई महान् बनाउन मेरो सम्पूर्ण प्रयास जारी रहनेछ’, उनले भनेका छन्, ‘म देश र जनताको हितका लागि सधैँ लडिरहनेछु ।’

प्रहरीकाे जागिरबाट अवकास पाएपछि   ६ असोज २०७९ मा उनी एमाले प्रवेश गरेका खनाल ०७९ मा भएकाे निर्वाचनमा काठमाडौं क्षेत्र नं. ६ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका  थिए ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार शिशिर खनाल १४ हजार २०४ मत ल्याएर निर्वाचित हुँदा खनालले ८ हजार ९११ पाएका थिए । पछि तनहुँमा भएको उपनिर्वाचनमा पनि खनालले उम्मेदवार बनेका थिए । तनहुमा राष्ट्रिय स्वतन्त्र पार्टीका स्वार्णिम वाग्ले विजयी हुँदा  खनालले आठ हजार ४८८ मत प्राप्त गरेका थिए ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ