शुक्रबार, २६ पुस २०८१

सार्वजनिक यातायातकाे भाडा बढ्याे, कहाँ जान कति ?


काठमाडौँ, २३ पुस । सरकारले सार्वजनिक यातायातको भाडादर वृद्धि गरेको छ । यातायात व्यवस्था विभागले सोमबारदेखि सार्वजनिक यातायातका यात्रुवाहक तथा मालवाहक सवारी साधनको भाडादर ३ प्रतिशतसम्मले वृद्धि गरेको जानकारी दिइएको छ। 

यात्रुवाहक सवारीमा ३.३० प्रतिशत वृद्धि गरिएको छ  । पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ०.८१ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारी ०.०५ प्रतिशतले मूल्य वृद्धि गरिएको छ । नयाँ भाडा दर अनुसार काठमाडाैंबाट महेन्द्रनगर जाने यात्रुले सामान्य बसमा २०२७ रुपैयाँ तिर्नु पर्ने भएकाे छ ।



टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ