सोमबार, ०८ पुस २०८१

सरकारलाई असफल हुने छुट छैन : डा शेखर कोइराला


सुदूरपश्चिम, ५ पुस । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले कांग्रेस—एमालेको सहमतिमा बनेको वर्तमान सरकारलाई असफल हुने छुट नभएकाे बताएका छन् ।

 शुक्रबार धनगढी विमानस्थलमा पत्रकारसँग कुरा गर्दै नेता काेइरालाले संविधान संशोधन, आर्थिक विकास र सुशासनका लागि दुई ठूला दल मिलेर सरकार गठन भएकाले सोही अनुसार जनपक्षीय काम गर्नुपर्नेमा जोड दिए। “यो सरकार संविधान संशोधन, आर्थिक विकास र सुशासनका लागि बनेको हो । संसद्का ठूला दुई दलबीचको सातबुँदे सहमति भएबमोजिम सरकार चल्नुपर्र्छ । अहिले सहमतिअनुसार काम नभएको हो कि भन्ने ढङ्गले कुरा भइरहेको छ । यस्तो हुनुहुँदैन”, नेता डा कोइरालाले भने ।

उनले पार्टी सभापति शेरबहादुर देउवासँग आफ्नो कुनै असमझदारी नरहेको पनि स्पष्ट पारे । नेता कोइराला पार्टीका शुभेच्छुक सङ्गठनद्वारा आयोजना हुने कार्यक्रममा सहभागी हुन आज धनगढी पुगेका हुन् । उनलाई नेता कार्यकर्ताले १५ किलोकाे फूलको मालासहित भव्य स्वागत गरेका थिए ।


टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ