शुक्रबार, २९ चैत २०८१

सरकारले नैतिक अधिकार गुमायाे, राजीनामा दिनु नै उचित हुन्छ: प्रचण्ड


नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने बताएका छन्।

शुक्रबार विपक्षी दलहरूको तर्फबाट संयुक्त वक्तव्य जारी गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सरकारले नैतिक अधिकार गुमाएकोले राजीनामा दिनुपर्ने बताएका हुन्।

साथै उनले सरकारले राजीनामा दिनुपर्छ भन्नुकाे अर्थ आफूहरु सरकारमा जान हतारिएकाे भन्ने नभएकाे दाबी गरे।

‘सरकारले गठबन्धन गर्दा जे भनेर घाेषणा गरिएको थियो, ती कामहरु केही पनि अगाडि बढेका छैनन्। संविधान संशोधन त अझ प्रधानमन्त्री आफैंले २०८७ मा मात्रै हुन्छ भनिसकेपछि र अन्य सुशासन इत्यादीकाबारे भनिएका कुरा पनि ठिक उल्टो गतिविधि गरिसकेपछि नैतिक रुपले सरकारले सरकारमा बसिराख्ने आधार गुमाएको छ भन्नु हामीले सरकार खोजेको भन्ने अर्थ लाग्दैन। सरकारले त्यो नैतिक अधिकार गुमाएको छ। नैतिकताको आधारमा भन्ने नै हाे भने सरकारले राजीनामा दिनु नै उचित हुन्छ। त्यसको अर्थ हामी सरकारमा जान हतारिएको भन्ने लाग्दैन’, उनले भने।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ