सोमबार, ०८ पुस २०८१

सरकारी वकिलकाे कार्यालयमा रवि लामिछानेकाे बयान सुरु


काठमाडाै‌ं, १४ म‌ंसिर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई वयानका लागि सरकारी वकिलको कार्यालयमा उपस्थित गराइएको छ । अहिले उनको वयान जारी छ ।

सहकारी ठगी प्रकरणमा पक्राउ परेका लामिछानेलाई काठमाडौंको जिल्ला सरकारी वकिलको कार्यालयमा वयानका लागि आज बिहान उपस्थित गराइएको हो । जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका लामिछानेलाई विहीबार बेलुका वयानका लागि काठमाडौं ल्याइएको थियो ।

कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीमार्फत भएको अनियमितता प्रकरणमा लामिछानेविरुद्ध २ मंसिरमा पक्राउ अनुमति जारी भएको थियो । उनीसँगै पक्राउ अनुमति जारी भएका छविलाल जोशीलाई वयान लिएर प्रहरीले पोखरा फिर्ता पठाइसकेको छ ।


टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ