सोमबार, ०८ पुस २०८१

सरकार जनताप्रति जिम्मेवार नभएको प्रतिपक्षी दलको निष्कर्ष


काठमाडौं, २ कात्तिक । प्रतिपक्षी पार्टीहरुले सरकार जनताप्रति उत्तरदायी नभएको निष्कर्ष निकालेको छ । शुक्रबार काठमाडौंमा प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, एकिकृत समाजवादीलगायतका पार्टीका नेताहरु बसेर सो निष्कर्ष निकालेका हुन् ।

‘बाढी पहिरोलगायत प्राकृतिक विपत्तिका विषयमा सरकारले जुन गम्भिरताका साथ काम गर्नुपथ्र्यो त्यो नगरेको महसुस् गरेका छौ ।’ बैठकमा सहभागी माओवादी नेता शक्तिबहादुर बस्नेतले भने । सरकारलाई जिम्मेवार होउ भन्दै ज्ञापनपत्र बुझाउने र त्यति गर्दा पनि जिम्मेवार भएको अनुभुति नभएमा विषेश अधिवेशनको माग गर्न निष्कर्ष निकालेको माओवादी नेता बस्नेतले बताए ।


टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ