- असार ०६, २०८०
काठमाडाैं । सम्भावित मन्त्रीमण्डलकाे सूचीमा परेकी डा. संगीता कौशल मिश्रको नाम शितलनिवास पुगेपछि काटिएको छ।
प्रधानमन्त्री सुशीला कार्कीले आइतबार मिश्रलाई स्वास्थ्य तथ्या जनसंख्या मन्त्रीका लागि सिफारिस गरी पाँच जनाको नाम राष्ट्रपतिको कार्यालय पठाएकी थिइन्।
तर मिश्रको नागरिकता विवाद र अनियमिततासम्बन्धी विषयमा कुरा उठेपछि उनको नाम काटेर पुन: चार जनाको सूची राष्ट्रपति रामचन्द्र पौडेलकहाँ पठाइएको हो।
आज उद्योगमन्त्री अनिलकुमार सिन्हा, शिक्षामन्त्री महावीर पुन, कृषिमन्त्री मदन परियार र सञ्चारमन्त्री जगदीश खरेलले शपथ हुने भएकाे छ ।
टिप्पणीहरू: