सोमबार, ०८ पुस २०८१

सुमितबाबु खत्री प्राइम बैंकको डीजीएम नियुक्त, कर्जा क्षेत्रका अनुभवी


काठमाडौं, २३ कार्तिक । प्राइम कमर्सियल बैंकको नायव महाप्रबन्धक (डीजीएम)मा सुमितबाबु खत्री नियुक्त भएका छन् । कात्तिक २० गतेदेखि लागू हुनेगरी खत्री उक्त पदमा नियुक्त भएका हुन् ।

साढे दुई दशक बढी बैंकिङ क्षेत्रमा काम गरेका खत्री बैंकिङ क्षेत्रमा अनुभवी व्यक्तित्वका रुपमा चिनिन्छन् । कर्जा तथा मार्केटिङ क्षेत्रमा लामो अनुभव संगालेका खत्रीले फाइनान्समा एमबीए गरेका छन् । प्राेजेक्ट फाइनान्समा दख्खल खत्री कुशल बैंकरका रुपमा परिचित छन् ।

यसअघि सिटिजन्स बैंकको वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत (सिनियर डीसीईओ) पदमा कार्यरत थिए । २ दशक सिटिजन्स बैंकमा काम गरेका खत्री एक महिनाअघि मात्रै बाहिरिएका थिए । 

उनी मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको सञ्चालक समिति अध्यक्षसमेत हुन् ।


टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ