शुक्रबार, २९ चैत २०८१

संगठित अपराधमा मुद्दा नचलाएकाे भन्दै न्यायाधिवक्ता लुईटेलमाथि छानबिन


काठमाडाैँ ।  चितवनस्थित साहारा सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई संगठित अपराधमा मुद्दा नचलाएको भन्दै चितवन जिल्ला न्यायाधिवक्ता शान्तिप्रसाद लुईटेलमाथि छानबिन सुरु भएको छ।

लुईटेलमाथि महान्यायाधिवक्ता कार्यालयले छानबिन अघि बढाएको हो। महान्यायाधिवक्ता कार्यालयले नायब महान्यायाधिवक्ता गोपालप्रसाद रिजालको नेतृत्वमा छानबिन समिति गठन गरेकाे छ ।

 लामिछानेले साहारा सहकारीबाट गोर्खा मिडियामा आएको साढे ३ करोड रुपैयाँसहित अन्य सहकारी तथा विभिन्न माध्यमबाट गोर्खा मिडियामा आएको रकममध्ये ४८ करोड रुपैयाँभन्दा बढी रकममा लामिछानेको एकल हस्ताक्षरबाट खर्च भएको अभियोग छ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ