सोमबार, ०५ साउन २०८२

रूपन्देही-३ काे उपनिर्वाचन: असोज २१ मा मनोनयन दर्ता, यस्ताे छ कार्यतालिका


काठमाडाैँ। रूपन्देहीकाे प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ३ मा कात्तिक १७ गते हुने उपनिर्वाचनकाे कार्यतालिका सार्वजनिक भएकाे छ।

निर्वाचन आयोगले आइतबार रूपन्देहीकाे उपनिर्वाचनकाे कार्यतालिका सार्वजनिक गरेकाे हाे।

जसअनुसार असोज २१ गते बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता हुनेछ। यसैगरी सोही दिन बेलुका ५ बजेदेखि ७ बजेसम्ममा उम्मेदवारको सूची प्रकाशन हुनेछ।

उम्मेदवारको विरोधमा उजुरी दिन असोज २२ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म समय निर्धारण गरिएकाे छ।

यस्तै सोही दिनको दिउँसो ३ बजेदेखि असोज २३ गते बेलुका ५ बजेसम्ममा मनोनयन पत्र र उजुरी उपर जाँचबुझ एवम् निर्णय गरी असोज २३ गते बेलुका ५ बजेदेखि ७ बजेसम्ममा निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको नामावली प्रकाशन गरिनेछ।

यसैगरी असोज २४ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिन सकिनेछ। त्यसपछि दिन दिउँसो १ बजेदेखि ३ बजेसम्ममा निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी दिउँसो ३ बजेदेखि ६ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने कार्यक्रम रहेको छ।

निर्वाचन कार्यक्रमअनुसार कात्तिक १७ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुनेछ।

प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन, २०७९ को समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूचीमा नाम समावेश भएको व्यक्ति उम्मेदवार हुन नपाउने कानूनी व्यवस्था रहेको आयोगले जनाएकाे छ। 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ