- असार ०६, २०८०
भादगाउँ । भक्तपुर क्षेत्र नम्बर १ मा नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवाललाई पाँच हजार २८९ मतले पछाडि पारी रास्वपाका रुकेश रन्जित विजयी भएका छन् ।
भर्खरै सम्पन्न मतगणनामा रन्जितले ३३ हजार ४३६ मतले विजयी भएको मुख्य निर्वाचन अधिकृत नवराज दाहालले जानकारी दिए । भक्तपुर १ नेपाल मजदुर किसान पार्टीकाे गढ मानिन्छ ।
उनका प्रतिस्पर्धी नेमकिपाका सचिव सुवालले २८ हजार १४७ मत प्राप्त गरे । त्यसैगरी नेपाली कांग्रेसको किरण न्यौपाने चार हजार २८२ मत र एमालेका सोम मिश्रले तीन हजार ७२१ मत पाएका छन् ।
टिप्पणीहरू: