शुक्रबार, ०९ साउन २०८२

रास्वपा र राप्रपाद्वारा लगातार संसद् बैठक बहिष्कार


फाइल तस्बिर

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरूले प्रतिनिधिसभाको आजको बैठक पनि बहिष्कार गरेका छन्।

भिजिट भिसा प्रकरणमा उच्चस्तरीय न्यायिक छानबिन समिति गठनको माग गर्दै आएका दुई दलले यसअघि पनि संसद् बैठक बहिष्कार गर्दै आएका थिए। आजको बैठक प्रारम्भ भएसँगै दुवै दलका सांसदहरू आफ्नो आसनबाट उभिएर बैठकमा विराेध जनाए।

त्यसपछि सभामुख देवराज घिमिरेले रास्वपाका सांसद ताेसिमा कार्की र राप्रपाका सांसद दीपकबहादुर सिहंलाई बोल्न समय दिएका थिए। उनीहरूले आ–आफ्ना धारणा राखिसकेपछि दुवै दलका सबै सांसद बैठकबाट बाहिरिएका हुन्। 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ