बिहिबार, ०५ असार २०८२

संसद्मा आज पनि रास्वपाकाे विराेध, राप्रपाकाे बहिस्कार


फाइल तस्बिर

काठमाडौँ। प्रतिनिधिसभाको आजको बैठकमा पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विराेध कायम राखेकाे छ। 

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र संसदीय छानबिन समितिको माग गर्दै रास्वपाले विरोध जारी राखेकाे हाे।

बैठकमा रास्वपा सांसदहरूले वेल घेराउ गरिरहेका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले भने आजको बैठक पनि बहिस्कार गरेको छ।

सभामुख देवराज घिमिरेले संसद् बैठक सुरुभएको जानकारी गराएलगत्तै रास्वपा र राप्रपाका सांसदहरु उठेर विरोध गरेका थिए। त्यसपछि सभामुख घिमिरेले रास्वपाका सांसद हरि ढकाल र माओवादी प्रमुख सचेतक सिहतराज पाण्डेलाई बोल्न समय दिए।

लगत्तै राप्रपा प्रमुख सचेतक ज्ञानबहादुर शाहीलाई बोल्न समय दिएका थिए। उनले भिजिट भिसा प्रकरणमा छानबिन समिति गठन नभए आफूहरूले आजको बैठक पनि बहिस्कार गर्ने बताएका थिए।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ