शुक्रबार, २३ साउन २०८२

कांग्रेस-एमालेलाई हराउँदै रास्वपा दाेब्बर मतले विजयी


काठमाडाैं ।  कांग्रेस–एमाले–माओवादी सहितको पाँचदलीय गठबन्धनलाई हराउँदै चन्द्रपुर नगर उद्योग वाणिज्य संघको अध्यक्षमा रास्वपाका उदयनारायण सापकोटा (सुरेन) विजयी भएका छन् । उनले कांग्रेसका सुनीलकुमार साहलाई दोब्बर मतान्तरले हराए । साहलाई एकीकृत समाजवादी र जसपा नेपालले पनि साथ दिएका थिए । 

बुधबार भएको निर्वाचनमा सापकोटाले ५०२ मत प्राप्त गर्दा साहले २६९ मत पाएको निर्वाचन समिति संयोजक दिलीप कोइरालाले बताए । 

सदस्यहरू भने निर्विरोध चयन भएका छन् ।  दिवाकर सापकोटा, अनन्त अधिकारी, जगदीप चौधरी र युवराज कार्की, अवधेशहरि भट्टराई र पुजन सत्याल, सीता चौहान, गेनबहादुर दर्लामी, रेखा गुप्ता र गौतम खड्का निर्विरोध चयन भएका छन् ।

 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ