- असार ०६, २०८०
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज बल्खुमा आमसभाको आयोजना गर्दैछ ।
बल्खु चोकमा हुने आमसभामालाई अध्यक्ष राजेन्द्र लिङदेन लगायत नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
बिहान साढे ११ बजेबाट हुने आमसभामा सहभागिताका लागि राप्रपाले सबैलाई आह्वान गरेको प्रवक्ता मोहन कुमार श्रेष्ठले बताए ।
बागमती प्रदेशस्तरीय बृहत् प्रदर्शन तथा आमसभामा हुनसक्ने सम्भावित घुसपैठका लागि राप्रपाले आफ्नो संयन्त्र र स्वयंसेवक परिचालन गर्ने जनाएको छ ।
राजसंस्था पुनर्स्थापना र हिन्दूराज्यका पक्षमा राप्रपाले प्रदर्शन गर्दै आएको छ । यसअघि दुर्गा प्रसाईंले नेतृत्व गरेको तीनकुनेको राजवादी समर्थकको प्रदर्शन हिंसात्मक बनेपछि राप्रपाले आफ्नै नेतृत्वमा अभियान अगाडि बढाउने निर्णय गरेको हो ।
प्रदर्शनलाईलाई सुरक्षाकर्मीले पनि विषेश निगरानी गर्ने भएकाे छ । १५ गतेकाे घटना नदाेहाेरिन नदिन विषेश सतर्कता अपनाएकाे छ ।
टिप्पणीहरू: