आइतबार, ०७ वैशाख २०८२

नयाँ बानेश्वरमा राप्रपाकाे प्रदर्शन, सिंहदरबारभित्रै राेकिए ज्ञानेन्द्र शाहीलगायतका नेताहरू


काठमाडाैँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शन गरिरहेको छ ।

राजसंस्था पुनःस्थापनालगायतका विभिन्न माग राख्दै राप्रपाले आइतबार दिउँसो नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शन गरेकाे हाे ।

निषेधित क्षेत्र तोड्ने भन्दै राप्रपाका नेता कार्यकर्ताहरू नयाँ बानेश्वर पुगेर प्रदर्शन जारी राखेका हुन् ।

यसअघि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले निषेधित क्षेत्रमा प्रदर्शन गर्ने बताएका थिए । साेहीअनुसार नेता-कार्यकर्ताहरूले निषेधित क्षेत्र ताेड्ने प्रयास गरेका छन् ।

प्रदर्शनमा अन्य नेताहरू पुग्दा राप्रपा संसदीय दलका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीलगायत ४ चारजना नेता भने सिंहदरबारभित्रै रोकिएका छन् । 

प्रमुख सचेतक शाहीले आफूहरूलाई बाहिर निस्किन नदिएर बन्धक बनाइएको आराेप लगाएका छन् । प्रहरीले भने सुरक्षा दिएको दाबी गरेको छ ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ