बिहिबार, २५ वैशाख २०८२

जेठ १५ गतेदेखि अनिश्चितकालीन जनआन्दोलन गर्ने राजावादीकाे घोषणा


काठमाडाैँ। राजसंस्था पुनर्स्थापनाका लागि गठित ‘संयुक्त जनआन्दोलन परिचालन समिति’ले जेठ १५ गतेदेखि अनिश्चितकालीन जनआन्दोलनकाे घोषणा गरेकाे छ । 

नवराज सुवेदी नेतृत्वको समितिले बिहीबार काठमाडाैँमा पत्रकार सम्मेलन गरी जेठ १५ गतेदेखि राजसंस्था स्थापना नभएसम्म आन्दोलन गर्ने घोषणा गरेको हो।

‘जेठ १५ गतेदेखि अनिश्चितकालीन जनआन्दोलन गर्ने हामी घोषणा गर्दछौं। हाम्रो आन्दोलन शान्तिपूर्ण हुनेछ । भद्र अवज्ञा र सत्याग्रह आन्दोलनको स्वरूप हुनेछ’, सुवेदीले भने । 

आफूहरुको आन्दोलन कुनै दल वा सरकारका विरुद्ध नभएकाे जिकिर गरे ।

उनले सबै दल र समूहहरू संयुक्त जनआन्दोलन समितिमा आवद्ध रही आन्दोलन सफल तुल्याउने संकल्प गरेका छन् । 

‘षडयन्त्रपूर्वक घुँडाईएको राजा र जनताको बिचको एकताको धागोलाई फेरि जोड्ने तथा सनानत धर्म संस्कृति र परम्परामा आधारित नेपालको मौलिक पहिचानको रक्षा गर्ने हाम्रो प्रयास हो । भ्रष्ट शासकहरूबाट देशलाई मुक्त तुल्याई सुशासन र कानुनी राज्यको स्थापना गर्नु आन्दोलनको उद्देश्य हुनेछ’ , उनले भनेका छन् ।

साथै समितिले गत चैत १५ गते तीनकुनेमा भएको प्रदर्शनको क्रममा थुनामा राखिएका राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलगायत सबैका बन्दीहरूको तत्काल रिहाईको माग गरेकाे छ । 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ