आइतबार, २६ असोज २०८२

‘म अब यो पीडा सहन सक्दिनँ भन्दै’ हमासद्वारा प्रेमिका मारिएका रोई शालेभले गरे आत्महत्या


जेरुसलेम ।  सन् २०२३ अक्टोबर ७ मा नोभा सङ्गीत महोत्सवमा हमासको आक्रमणमा बाँचेका रोई शालेभको आत्महत्यापछि इजरायल शनिबार दुःख र आघातले ग्रसित बनेको छ। 

शालेभलेसामाजिक सञ्जालमा आफ्नो जीवन समाप्त गर्ने मनसाय व्यक्त गरेको केही घण्टापछि उनको शव शुक्रबार राति तेल अभिभको उत्तरमा उनको जलेको कारमा फेला परेको थियो ।

“म अब यो पीडा सहन सक्दिनँ । म भित्रभित्रै जलिरहेको छु । म यो पीडा अन्त्य होस् भन्ने चाहन्छु,” उनले आफ्नो इन्स्टाग्राम अकाउन्टमा लेखेका छन् ।

यहूदी शबाथको समयमा सामाजिक सञ्जालमा सक्रिय रहने अधिकांश सत्तारूढ गठबन्धनका सदस्यहरूको विपरीत धेरै धर्मनिरपेक्ष विपक्षी राजनीतिज्ञहरूले  शनिबार पीडितको आत्महत्याको समाचारप्रति दुःख व्यक्त गर्दै अक्टोबर ७ को आक्रमणमा बाँचेकाहरूको लागि ठूलो मानसिक स्वास्थ्य सहयोगको लागि आह्वान गरका छन्।

“यो इजरायल राज्यको लागि मानसिक स्वास्थ्य समस्याबाट पीडितहरूलाई नायकको रूपमा व्यवहार गर्ने समय हो, तथ्याङ्कको रूपमा होइन,” हकिश इजरेल बेटेनु पार्टीका नेता एभिग्डोर लिबरम्यानले सामाजिक सञ्जाल एक्समा लेखेका छन्। 

“रोईले पीडा सहन सकेनन्, तर अरू अझै पनि यहाँ पीडाबीच जीउने सङ्घर्ष गरिरहेका छन्, निराश जीवनको सामना गरिरहेका छन्, बाँच्ने प्रयास गरिरहेका छन्। हामीले उनीहरूलाई सक्दो सहयोग गर्नुपर्छ ताकि उनीहरू एक्लो महसुस नगरून्,” डेमोक्र्याट्स पार्टीका प्रमुख याइर गोलनले लेखेका छन् । 

शालेभकी प्रेमिका मापाल आदम र उनका सबैभन्दा मिल्ने साथी हिली सोलोमनको दक्षिणी इजरायलको नोभा सङ्गीत महोत्सवमा अक्टुबर ७ मा उनको आँखा अगाडि हत्या गरिएको थियो।
 
हमास नेतृत्वको लडाकुहरूले दक्षिणी इजरायलमा अभूतपूर्व आक्रमण सुरु गर्दा तीनै जना कारमुनि लुक्ने प्रयास गरिरहेका थिए।
 
नरसंहारको दुई हप्तापछि शालेभकी आमाले पनि आत्महत्या गरेकी थिइन् । इजरायली सञ्चारमाध्यमका अनुसार उनी आदमसँग निकै नजिक थिइन् र उनको मृत्युले उनी स्तब्ध भएकी थिइन् ।
 
सन् २०२३ अक्टोबर ७ को बिहान प्यालेस्टिनी लडाकुहरूले गाजाबाट इजरायल प्रवेश गरी संगीत उत्सवमा सहभागी ३७० भन्दा बढी व्यक्तिको हत्या गरेका थिए भने नजिकैका धेरै समुदायहरूमा पनि आक्रमण गरेको थिए।
 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ