- असार ०६, २०८०
सिरहा, ११ भदौ । सिरहाको गोलबजार नगरपालिका वडा नं. ७ चोहर्वा गाउँमा रहेको जीवन विकास लघुवित्त वित्तीय संस्थाको शाखा कार्यालयमा तोडफोड र आगजनी भएको छ ।
मंगलबार दिउँसो १२ बजेको समयमा सोही लघुवित्तबाट ऋण लिएका १ सय ५० जना जति महिला सदस्य अचानक कार्यालय परिसरमा भेला भएका थिए । उनीहरुलाई सघाउन १०÷१५ जना पुरुषहरु पनि सँगै आएका थिए । ऋणी सदस्य महिलाहरुले एक्कासी कार्यालयमा पसेर फाइल, कागजपत्रहरु माथिल्लो तलाबाट भूइतर्फ हुर्याउन थालेको एक प्रत्यक्षदर्शीले बताए ।
नाम उल्लेख नगर्ने शर्तमा संस्थाका एक कर्मचारीका अनुसार तल बसेकाहरुले फाइलमा आगो झोसे । कागज पत्र फाइल जलाएनन् मात्रै कम्प्यूटरको सीपीयू, मोनिटोर र सिसिटिभी क्यामराहरु प्नि फुटाए । इनभर्टरका व्याट्रीहरु क्षतिग्रस्त बनाइएका छन् । कागज पत्र जोगाउन खोज्दा कर्मचारी र आगजनी गर्ने समूह बीच हातपात र घम्साघम्सी समेत भएको थियो ।’
इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक सुनिल कार्कीले घटनाको अनुसन्धान सुरु गरिएको जानकारी दिँदै क्षतिको यकिन विवरण आउन बाँकी रहेको जानकारी दिए । आगजनी र तोडफोडमा संलग्नहरुको पहिचान गरी खोजतलास सुरु गरिएको प्रहरीले जनाएको छ ।
टिप्पणीहरू: